गण्डकी गाउँपालिकाकाे प्रमुख प्रशासकीय भवन निर्माण ठेक्का रद्ध

सोमवार, जेष्ठ ९, २०७९
0
183
गण्डकी गाउँपालिका, गाेरखा

गोरखा । जिल्लाकाे गण्डकी गाऊँपालिकाले प्रशासकीय भवन तथा वडा नम्वर ६ र ८ को वडा कार्यालय भवन निर्माण सम्बन्धी ठेक्का प्रक्रिया रद्ध गरेको छ । पालिकाले आज राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गत बैशाख ९ गते प्रकाशित सूचना बमोजिमको ई–बिडिङ प्रक्रिया रद्ध गरिएको जनाएको हो ।

जेठ ६ गतेको बैठकको निर्णय अनुसार हाललाई ठेक्का प्रक्रिया रद्ध भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि ढकालले बताए। । गाऊँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपक तिमिल्सनाले सपथ ग्रहण गरेकै दिन ठेक्का प्रक्रिया रद्ध गराउने निर्णय गरेका हुन् । पालिका भरीका नागरिकहरुलाइ सहज हुने गरी उपयुक्त स्थानमा भवन निर्माण गर्नुपर्ने भएकाले हाललाइ ठेक्का रद्द गरिएकाे अध्यक्ष तिमिल्सिनाले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here