जेठ । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको प्रदेश ३ –०१–०२३ च ५०७४ नम्बरको कारलाई सोहि दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले आज मङ्गलबार साँझ ६ : ४५ बजे ओभरटेक गर्ने क्रममा कारको पछाडी पट्टिको साइड लाइटमा ठक्कर खाई बिपरित दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको शहिद लखन गाउँपालिका ४ बस्ने अन्दाजी २२/२३ बर्षको सन्तोष चेपाङ्को घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने ट्याङकर, ट्याङ्कर चालक, कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकारीले बताए ।
उनका अनुसार दुर्घटना पश्चात स्थानियले राजमार्ग अवरुद्ध पारेको र अहिले बेलुका ८ : ५० बजेदेखि राजमार्ग दुबैतर्फ सुचारु गरिएको छ ।






