शहिदलखनले ल्यायाे नीति तथा कार्यक्रम अनुसार बजेट

शुक्रबार, असार १०, २०७९
0
153

असार, १० शहिदलखन । जिल्लाकाे शहीद लखन गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले गाउँपालिकाको ११ औ गाउँसभामा आज आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । गाउँपालिकाले सानुहाेर्वजनिक गरेको बजेटमा संघिय सरकारबाट प्राप्त हुने मूल्य अभिबृद्धि करबाट ९ करोड ७२ लाख ३० हजार, बिद्युत रोयल्टी बाँडफाडबाट रु ३७ लाख ५० हजार, गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँड अन्तरत सवारीकर बाट ५५ लाख, घरजग्गा रजिष्ट्रेसनबाट रु ६ लाख ५० हजार रुपैया प्राप्त हुने अनुमान गरेको छ ।

बिज्ञापन करबाट २ लाख, दहत्तकर बिक्रीबाट १५ लाख रुपैया प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा संघिय सरकारबाट समानिकरण अनुदान तर्फ १६ करोड ४४ लाख, शसर्तं अनुदान तर्फ २४ करोड २९ लाख, बिशेष अनुदान तर्फ रु १ करोड ५० लाख र समपुरक अनुदान तर्फ रु ३ करोड ५० ला रुपैया प्राप्त हुने उपाध्यक्ष तिवारीले बताइन ।

प्रदेश सरकारबाट समानीकरण अनुदान तर्फ रु २ करोड ५ लाख ३६ हजार, बिशेष अनुदान तर्फ रु ५० लाख, समपुरक अनुदान तर्फ रु ७० लाख प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ । त्यस्तै चालु आर्थिक बर्षमा खर्च हुन नसकेका आयोजनाबाट करिब ८ करोड रुपैया मौज्दात रहने अनुमान गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा पालिका भित्र कृषि उत्पादनका लागि जग्गा भाडामा लिएर व्यवसायिक कृषि खेती गर्ने किसानहरुलाई २५ प्रतिसत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै कृषि यान्त्रिकीकरणमा ५० प्रतिसत अनुदान उपलब्ध गराउने, युवाहरुलाई रोजगारी कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाले गौरवका योजनाहरु अन्तरगत बक्राङ दिप्लिङ, गुर्दुम, मस्कीछाप सडक स्तरोन्नतीका लागि रु २० लाख, रामशाह घाट रैकरबेसी ढाडबारी मनकामना सडकका लागि रु १० लाख, कान्टार नाम्जुङटार मनकामना सडकका लागि रु १३ लाख रकम बिनियोजन गरेको छ । बजेटमा गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि २ करोड, वडा नम्बर १ को कार्यालय भवन निर्माणका लागि २७ लाख र वडा नम्बर ९ को कार्यालय भवन निर्माण लागि ७१ लाख रुपैया गाउँपालिकाले बिनियोजन गरेको छ ।

चुलेभिर टावरमा शौचालय निर्माणका लागि ४ लाख तथा पार्क बिकासका लागि १० लाख बिनियोजन गरेको पालिका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिएकी छन् ।  बोर्लाङ गाउँ खानेपानी आयोजनाका लागि १० लाख, दीर्घरोगीरुका लागि औषधी खरिदका लागि १० लाख, पालिका भित्र अल्ट्रा साण्ड कार्यक्रम सञ्चालन गर्न ३ लाख रुपैया गाउँपालिकाले बिनियोजन गरेको छ ।

गाउँपालिकाले बिपत व्यवस्थापनका लागि १५ लाख, बिभिन्न निकायसंग साझेदारी कार्यक्रम सञ्चालनका लागि ४० लाख, अनलाईन राजस्व भुक्तानी प्रणालीको बिकासका लागि ५ लाख रुपैया गाउँपालिकाले बिनियोजन गरेको छ । त्यस्तै चालु प्रकृतिका खर्चका लागि १२ करोड, वडा स्तरीय योजना सञ्चालनका लागि ६ करोड ९५ लाख रुपैया बजेट बिनियोजन गरेको गाउँपालिका उपाध्यक्ष तिवारीले बताइन । गाउँपालिकाकाले आगामी आर्थिक बर्षमा कुल १ करोड २१ लाख ३५ हजार रुपैया राजस्व संकलनको लक्ष्य लिएको छ ।

हेर्नुहाेस बजेट वक्तव्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here