तनहुँ । गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नोपलीको पिताको नाममा संचालन हुने आँखा उपचार केन्द्रको भवन बनाउन भन्दै जग्गा नै प्राप्ती नभई दमौली अस्पतालले डिपिआरको काम अगाडी बढउन सुरु गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको पिताको नाममा दमौली अस्पतालमा निर्माण हुन लागेको गोबर्धन शर्मा आखा उपचार तथा अनुसन्धान केन्द्र निर्माण गर्ने भन्दै २०७८ कात्तिकमा १६ गते कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालको जग्गा शिलन्यास गरेका थिए । सोही स्थानमा अहिले आर्थिक बर्षको अन्त्यमा आएर भवनको डिपिआर गर्ने तयारी थाल्न अस्पताललाई मुख्यमन्त्री कार्यालयले दवाव दिएको श्रोतले बतायो ।
सो काम गर्न असार १२ गते रकमान्तर गरी भवनको डिपिआर गर्न रु २० लाख भन्दा बढी बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै पुरानो मितिमा सुची दर्ता गरेर पुरानै मितिमा डिपिआरको ठेक्का दिने तयारी अस्पतालले गरेको अस्पतालका कर्मचारीहरुले जानकारी दिएका छन् ।
अस्पतालको नाममा जग्गा प्राप्त गर्न प्रारम्भीक प्रकृया शुरु भएपनि जग्गा प्राप्ती हुन सकेको छैन । जग्गा एकिन नभई अर्को कार्यालयको स्वामित्वमा रहेको जग्गामा डिपिआर गर्न कानुनी हिसावले नमिल्ने सरकारी नियम रहेकाे छ । भवन बने पनि ,नबने पनि डिपिआर काम ठेक्का दिने सो बापत मोटो रकम कुम्ल्याउने हिसावले अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष देबेन्द्र थापा र निमित अस्पताल प्रमुख दिवश ढकाल सक्रिय भएर लागेका छन् ।
उनीहरुले डिपिआर गर्ने कम्पनीसँग कमिसन पाउने भएपछि जुनसुकै हालतमा काम अगाडी बढाउन लागेका स्थानीय नागरिक अगुवाहरु बताउँछन् । दमौली अस्पताल अध्यक्ष थापा र निमित्त प्रमुख ढकालले बजेटको रकमान्तर नहुँदै डिपिआरको काम गर्ने कम्पनीका मान्छे ल्याएर काम गर्ने थालेपनि अस्पतालकै केही कर्मचारीको विरोध जनाएपछि काम रोकिएको थियो । असार १५ गते रकमान्तर भएर बजेट आएपछि परार्मश दाताहरुको मुल दर्तामा दर्ता नगरी स्टोर शाखा छुट्टै दर्ता किताव सृजना गरी पुरानो मिति कायम राखेर सुची दर्ता गरेको अस्पतालले स्वीकार गरेकाे छ । कमिसन दिने कम्पनीलाई डिपिआरको ठेक्का दिने र अख्तियार सम्म आफुले सेटिङ मिलाएको अस्पतालका अध्यक्षले आफु निकटस्थसँग बताउने गरेका छन् ।
दमौली अस्पतालमा पहिले देखि संचालनमा रहेको आँखा उपचार केन्द्रलाई मुख्यमन्त्री पोख्रेलले २०७८ कात्तिकमा १६ गते गोबर्धन शर्मा आखा उपचार तथा अनुसन्धान केन्द्रको बोर्ड टास्न लगाएर उद्घाटन गरेका थिए । सो कार्यको जिल्लामा बिभिन्न दलहरुले विरोध गरेका थिए । नेपाली कांग्रेसको कार्यकर्ता रहेका स्व. पोख्रेलेको नाममा उपचार केन्द्र खोलेर सरकारी कार्यालयलाई परिवारको पेवा बनाउन खोजेको भन्दै विरोध हुँदै आएकोे छ ।
१५ शैष्याको अस्पतालमा नागरिकहरुले वडापत्र अनुसारको स्वास्थ्य सेवा नागरिकले पाउन सकेका छैनन् । अस्पतालले प्रदान गर्ने सेवा न्यूनकोटीको हुने भन्दै नागरिकहरुबाट दिनहुँ विरोध हुँदै आएको छ ।






