आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाँउपालिकाले गाँउपालिकामा आएका र सरुवा भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृतहरुको र स्वागत र विदाइ गरेको छ । पालिकाले आँबुखैरेनी गाँउपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका विष्णु प्रसाद शर्माको स्वागत र सोही गाँउपालिकाबाट कास्किको मादी गाँउपालिका सरुवा भएर जान लागेका प्रमुख प्रशाशकीय अधिकृत गोपिकृष्ण अर्यालको विदाई गरिएको हो ।

सो अवसरमा गाँउपालिकाका अध्यक्ष शुक्र चुमान ,उपाध्यक्ष दुर्गा आर्याल लगायतका कर्मचारीहरुले टिका माला सहित संयुक्त रुपमा स्वागत र विदाई गरेका गाउँपालिकाका सूचना अधिकारी एवं लेखा अधिकृत तेजन गैह्रेले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकावाट किर्तिपुर नगरपालिका सरुवा भएका लेखापाल सन्जय काफ्ले, उच्च शिक्षा हासिल गर्न विदेश जान लागेकी अनमी स्वर्णीमा गुरुङको विदाई गरिएको गाँउपालिकाले उनले बताए।





