Breaking Newsसमाचारसमाज पहिराेका कारण अवरुद्ध भएकाे आँबुखैरेनी गाेरखा सडक खण्ड सुचारु By मनासलु - मङ्लबार, साउन १७, २०७९ प्रकाशित मिति : 0 145 मझुवामा खसेकाे पहिराे पन्छाउँदै जेसीवि । गोरखा । पहिराेका कारण अवरुद्ध भएकाे आँबुखैरेनी सडक खण्ड सुचारु भएकाे छ । आज दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियाे । सडक डिभिजन कार्यालय सँगको समन्वयमा बाटो खुलाइएकाे हाे । बाटाे खुलेसँगै सवारी साधनहरु आउजाउ गर्न थालेका छन् ।