पाेखरा । गण्डकी प्रदेश एम्बुलेन्स संचालन समितीको नियमित मासिक बैठक पाेखरामा सम्पन्न भएको छ। बैठकले गोरखा, कास्की र नवलपरासी पूर्बका जिल्ला एम्बुलेन्स संचालन समितीबाट सिफारिस प्राप्त भएका एम्बुलेन्सको भाडादरलाई अनुमोदन गरी पठाउने, बाकी जिल्लाको भाडादर सिफारिस गरी पठाउन र जिल्ला समितीहरुलाई हाल संचालन भैरहेका एम्बुलेन्सहरुको प्रभाबकारी अनुगमनका लागि समन्वय तथा अनुरोध गर्ने निर्णय गरेकाे हाे ।






