धार्मिक प्रयाेजनका लागि खादा प्रयाेग गर्न पाइन्छ : आरुघाट गाउँपालिका

बिहिबार, भदौ २, २०७९
0
129

भदाै, २ गोरखा। आरुघाट गाउँपालिकाले पालिका भित्र खादा प्रयोगमा निषेध गरेपछि त्यसको कतै आलोचना त कतै समर्थन भयो । गाउँपालिकाले गएको साउन १३ गते एक सार्वजनिक सूचना जारी गरी पालिका भित्र खादा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको थियो । विभिन्न जातजाती धर्म समुदायको बसोबास रहेको आरुघाट गाउँपालिका भित्र  धार्मिक प्रयाेजनका लागि खादा प्रयाेग गर्न पाइने बताएकाे छ ।

गाउँपालिका भित्र बसोबास गर्ने बौद्धधर्मालम्बि लगायतका आदीबासी जनजातिहरुले आफ्नो संस्कृति अनुसार धार्मिक प्रयोजनार्थ खादाको प्रयोग गर्ने परम्परा रहेपनि गाउँपालिकाले गरेको निर्णयले त्यसलाई प्रत्यक्ष अबरोध देखिएपछि विरोध सुरु हुन थाल्यो ।

गाउँपालिकाले  विभिन्न सभा समारोह तथा सार्वजनिक कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय भएपनि धार्मिक प्रयोजनार्थ भने रोक लगाउने भन्ने नरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिनबहादुर रानाभाटले बताए । गाउँपालिकाकाे याे निर्णयकाे धार्मिक सँघसँस्थाहरुले स्वागत गरेका छन् ।

पछिल्लाे समय बढ्दै गएकाे अनावश्यक खर्च न्युनिकरणका लागि पालिकाहरुले मितव्ययिता अपनाउन थालेका छन् । सार्वजनिक सभा समाराेहमा खादा नलगाउँदा सानाे नभइने स्थानीय नागरिकहरु बताउँछन् । मैले खादा लगाउन पाउँछुकी पाउँदिन भनेर खादातिर ध्यान दिनु भन्दा पनि विकास निर्माणका याेजना कार्यान्वय भए नभएकाे तिर नागरिकहरुकाे ध्यान जान जरुरी रहेकाे उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here