माछा मार्ने क्रममा करेन्ट लागेर बाबुछाेराकाे मृत्यु, आमा घाइते

बिहिबार, भदौ २, २०७९
0
286

तनहुँ । केही समय अघि शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रे स्थितमा रहेको गुहेखोलामा विद्युतिय तारको प्रयोग गरी माछा मार्न गएका जिल्ला पाल्पा निस्ती गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रे स्थित बंगुर फारममा काम गर्दै आएका बर्ष २२ को चित्र बहादुर ब्याम्बो, निजकै श्रीमती बर्ष १९ कि दिलमाया ब्याम्बो,र छोरा ९ महिनाको आदी ब्याम्बोलाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि तिनैजना गम्भिर घाइते भएकोमा घाईते मध्ये चित्र बहादुर ब्याम्बो र ९ महिनाको आदी ब्याम्बोको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ऐ गतेको १९:३० बजेको समयमा मृत्यु भएको छ ।

घाईते दिलमाया ब्याम्बोको सोही अस्पतालमा उपचार भईरहेको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरेहेको ।
श्रोत: जिल्ला प्रहरी कार्यालय तनहूँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here