प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलाई सहिद लखनमा स्वागत (फोटो फिचर)

मङ्लबार, भदौ २१, २०७९
0
154

सुवास अम्गाई/गोरखा

बाग्मती प्रदेश सभा सचिवालयबाट गोरखाको सहिद लखन गाउँपालिकामा भर्खरै प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आउनुभएका बाबुराम मगरलाई पालिका कार्यालयले एक कार्यक्रमका बिच स्वागत गरेको छ । गाउँपालिका कार्यालय घैरुङमा पालिका अध्यक्ष रमेश थापामगर, बिभिन्न वडाबाट पाल्नुभएका वडा अध्यक्ष, कर्मचारीहरुले बाबुराम मगरलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष रमेश बाबु थापा मगरले सहिद लखन गाउँपालिका प्रशासनिक क्षेत्रमा अझै अब्बल हुने बिश्वास गर्नुभयो । बिभिन्न मापदण्डका आधारमा पालिका गोरखाकै उत्कृष्ट पालिका बनेको भन्दै अध्यक्ष थापा मगरले भन्नुभयो–अब सबै मिलेर पालिकालाई देशकै नमुना बनाउनु पर्छ, मलाई बिश्वास छ, भर्खरै आउनु भएका प्रशासकीय अधिकृतको अनुभव, क्षमताले पालिका झनै अगाडी बढ्नेछ’ । पालिकामा आएपछि सबै क्षेत्रबाट साथ र सहयोग पाउने प्रशासकीय अधिकृत बाबुराम मगरले अपेक्षा गर्नुभएको छ । स्वागत कार्यक्रममा उहाँले आफ्नो क्षमता, कार्यक्षेत्र भित्र रहेर पालिकाको बृहत्तर हितमा लाग्ने प्रतिबद्धता समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here