धार्चे गाउँपालिकामा गाउँबाटै सामाजिक सुरक्षा भत्ता वितरण

बुधबार, भदौ २९, २०७९
0
130
सामाजिक सुरक्षा भत्ता वितरण गर्दै धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र उपाध्यक्ष सुनिला गुूरुङ सहितकाे टाेली ।
गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गाउँबाट सुरु गरेकाे छ । गाउँमा नै पुगेर गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

बै‌कमा पुगेर भत्ता लिन झण्झटिलाे भएकाे भनि नागरिकहरुले गुनासाे गरेपछि अध्यक्ष सहितकाे राेहवरमा गाउँबाट सामाजिक सुरक्षाभत्ता वितरणकाे काम थालनी भएकाे वडा नम्बर ५ का वडा अध्यक्ष भीम प्रसाद गुरुङले बताए ।
धार्चे गाउँ पालिका अध्यक्ष लक्ष्मण गुरुङ र उपाध्यक्ष सुनिला गुरुङ को हात बाट धार्चे ३ उहिया गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे र गाउँलेहरु खुशी भएकाे उनले बताए । बैकिङ प्रणालीमा गएपछि पहिलाे पटक गाउँबाट नागरिकहरुले भत्ता पाउन थालेका हुन् । चाडपर्व नजिकिदै गर्दा भत्ता पाउँदा खुशी लागेकाे धनमाया गुरुङले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here