गाेरखा अस्पतालमा मन्त्री अधिकारीद्वारा हेमाेडायलाइसिस सेवा उद्घाटन

आइतवार, असाेज २, २०७९
0
202

गाेरखा  । गाेरखा अस्पतालमा आज आयाेजित एक कार्यक्रमका वीच गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसँख्या मन्त्री मधुमाया अधिकारीले हेमाेडायलाइसिस सेवाकाे उद्घाटन गरेकी छन् ।

अधिकारी मन्त्री भएयता प्रदेशका ११ वटा जिल्लामा विभिन्न सेवा थप भएका छन् भने अस्पताल नभएका जिल्लामा अस्पताल खुलेका छन् । मन्त्री अधिकारीले आज अस्पतालकाे स्थलगत निरिक्षण गरी नागरिकहरुकाे सेवामा कुनै पनि कमि हुन नदिन निर्देशन दिएकी छन् । अधिकारी कार्य सम्पादनकाे आधारमा गण्डकी प्रदेशका मन्त्रालयहरुमा प्रथम मन्त्री हुन् ।

गाेरखा निर्वाचन क्षेत्र १ प्रदेश सभा क का साँसद लेख बहादुर थापाले जनतालाइ दिनुपर्ने आधारभूत कुराकाे कार्यान्वयन गराउन सक्नुनै मुख्य उपल्ब्धि भएकाे बताए । सामान्य राेगका लागि पनि जिल्ला बाहिर जानुपर्ने अवस्थाबाट गाेरखा मुक्त भएकाे छ, जिल्लामा हेमाेडायलाइसिस, थाइर्वाइड, हाडजाेर्नी, गाइनाेलाेजी लगायतका विशेषज्ञ सेवालाइ विशेष पहलकदमीमा ल्याउन सकियाे, याे सबे गाेरखालीका लागि खुशीकाे काम हाे , जनताकाे आशिर्वादले हामीले काम गर्न सकेका छाैँ उनले भने ।

अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाेरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरी कुमार श्रेष्ठले गाेरखा अस्पतालमा सेवा थप हुँदा नागरिकहरुलाइ सहज भएकाे बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here