गाेरखामा राष्ट्रिय प्रतियाेगिताकाे बुद्धिचाल खेल सुरु

बिहिबार, असाेज २७, २०७९
0
132

गाेरखा । एकताबद्ध देश खेलकुदकाे सन्देश भन्ने मूल नारा सहित नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तत्वावधान तथा राष्ट्रिय खेलुकद परिषदकाे आयाेजना र गण्डकी प्रदेशकाे सह आयाेजनामा गाेरखा नगरपालिका स्थित गाेरखा क्याम्पसमा बुद्धिचाल प्रतियाेगिता आजबाट सुरु भएकाे छ ।

क्लासिकल, राउण्ड र व्लिज गरी तीनवटा विधामा हुने प्रतियाेगितामा ६६ जना सहभागिहरु रहेका छन् । प्रत्येक प्रदेशबाट तीन जना महिला र तीन जना पुरुष खेलाडी रहेका छन् । भूगाेलका सात प्रदेश सहित आर्मी, एपिएफ, प्रहरी र एनआएनएकाे समूह गरी ११ टिम रहेकाे आयाेजक सदस्य मनिसा खाम्बुले बताइन । गाेल्ड मेडल, रजत र काँस्य गरी ६ वटाका दरले १८ वटा मेडलका लागि खेलमा प्रतिस्पर्धा हुनेछ । आज पहिलाे राउण्डकाे ओपन क्लासिकल राउण्डकाे खेल सुरु भएकाे छ ।

खेल्ने तयारीमा जुट्दै खेलाडीहरु ।

गाेरखा क्याम्पसमा भएकाे खेल कार्यक्रममा भाग लिन देशैभरीबाट खेलाडीहरु आइपुगेका छन् । राष्ट्रिय प्रतियाेगिता कार्तिक २ गते सम्म चल्ने आयाेजकले जानकारी दिएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here