विस्तृत शान्ति सम्झौताको जगमा सँविधान बनेको हो : प्रचण्ड

शनिबार, कार्तिक २६, २०७९
0
137

राजेन्द्र न्यौपाने । पालुङटार, गाेरखा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) ले विस्तृत शान्ति सम्झौताको जगमा सँविधान बनेको बताएका छन् । गोरखाको पालुङटार विमानस्थल बाहिर आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “ यो सँविधान विस्तृत शान्ति सम्झौताको जगमा बनेको सँविधान हो । नेपालमा यदि शान्ति सम्झौता हुँदैन्थ्यो त्यतिवेला भने सात राजनैतिक दलको तर्फबाट तत्कालिन नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र तत्कालिन माओवादी अध्यक्षको हैसियतले मैले हस्तारक्षर गरेर शान्ति सम्झौता हुँदैन थियो भने के हुन्थ्यो होला ? मलाइ लाग्छ तपाइँ सचेत दिदी वहिनी दाजुभाइहरुलाइ यो कुरा थाहा छ । यदि त्यसो हुँदैन थियो भने अझै लडाइ चर्कन्थ्यो । अझै क्षती हुन सक्थ्यो, नेपाल असफल राष्ट्र हुने र विदेशी शक्ती आउने र विदेशी सेनाले कन्ट्रोल गर्न सक्ने अवस्था हुन सक्थ्यो । यो कुरा बुझेर नै नेपाली काँग्रेस र सात राजनैतिक दलले पनि र नेकपा माओवादीले पनि यो देश र जनताको रक्षाको निम्ति र परीवर्तन र प्रगतिको खातिर हामीले शान्ति सम्झौतामा हामीले हस्ताक्षर गरेका हौँ । ”

मेरो एउटै मात्र सपना विकास र समृद्धि हो । गोरखा जिल्लाको विकास र समृद्धिमा प्रचुर सम्भावना छ । गोरखा जिल्लासँग विशेष जिम्मेवारी मसँग छ । विकासको समृद्धिको नयाँ अभियान गोरखाबाट थाल्ने र त्यसलाइ देशभरी देखियोस र विश्वभरीबाट देखियोस् भन्ने मेरो धारणा रहेको छ । राजनैतिक परिवर्तनलाइ दिगो बनायोस्, त्यसलाइ सुदृढ गरोस् भन्ने हो ।

पालुङटारमा प्रचण्ड लगायका नेताहरुलाइ स्वागत गर्दै हवाइग्राउण्ड क्षेत्रका नागरिकहरु ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर परिवर्तनको युगतिर, गणन्त्रको युगतिर, महिला, दलित, जनजाति, थारु, मधेशी सबैले पहिचान र अधिकार सहितको प्रतिनिधित्व हुने समानुपातिक प्रणाली तर्फ देश गयो र हामी अहिले यहाँ छौँ । यो प्रक्रिया सँविधानसभाबाट सँविधान बनेपछि होला भन्ने सोचिएको थियो अहिले कहिँ न काही विडम्वना भए । जुन दिन गिरिजा प्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शान्ति र परिवर्तनका लागि नयाँ युगतिर देश गयो त्यहि दिन गिरीजा प्रसाद कोइरालालले नेपाली काँग्रेसको सभापति हैसियतले हँसिया हथौडामा छाप लगाउनुभएको हो । त्यहि दिन मैले माओवादीको अध्यक्षको हैसियतले रुखमा छाप लगाएको हो । यसको अर्थ र मर्मलाइ गम्भीर रुपमा विचार गर्न म तपाइँहरुसँग अपिल गर्न चाहन्छु । आज हामीले नयाँ इतिहास निर्माणका लागि राष्ट्रको रक्षाका लागि,जनताको हितको निम्ति जय नेपाल र लाल सलाम भन्ने गरेका छौँ । शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै मैले उठेर गिरिजाबाबुलाइ जय नेपाल भनेको हो । गिरीजाबाबुले पनि मलाइ लाल सलाम भन्नुभएको हो । यदि तपाइँहरुलाइ त्यो शान्ति सम्झौता नेपालको एउटा एेतिहासिक परिघटना हो , सकरात्मक कुरा हो , गिरिजाबाबु शान्तिको नायक,परिवर्तनको नायक भन्नु हुन्छ भने तपाइँहरुले पनि गिरिजाबाबुले जस्तै हँसिया हथौडामा ढुक्कसँग छाप लगाउन पर्यो र माओवादी साथीहरु, समर्थक, शुभचिन्तकहरुले देशलाइ गणतन्त्रमा ल्याउन, शान्ति ल्याउन ठिक गरेको हो भनि प्रचण्डले जस्तै रुखमा खुशी साथ छाप हान्नुपर्दछ ।

सँविधानसभाबाट सँविधान बनिसकेपछि स्थायित्व र विकास तर्फ देश जाला भनेर हामीले बाम गठबन्धन गरेर हेरेकै हो । तर विडम्वना भयो । सँविधान च्यात्न तिर उद्दत भयो । गणतन्त्र र लोकतन्त्रको हत्या गर्नतिर उद्दत भयो र अव यो परिवर्तन बचाउनको निम्ति, शान्ति बचाउनको निम्ति, राष्ट्रको निम्ति सबै लोकतन्त्रको निम्ति हामी फेरी यति गठबन्धनमा फर्कन पर्यो । यो स्वभाविक गठबन्धन हो उनले भने ।

प्रचण्डले पालुङटार विमानस्तलको स्तोन्नतीको काम निर्वाचन लगतै अघि बढाइने बताए । कार्यक्रममा नेपालीका काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गोरखा निर्वाचन क्षेत्र नम्बर २ (ख)का उम्मेदवार फडिन्द्र देवकोटा, गण्डकी प्रदेशका निवर्तमान मन्त्री हरिशरण आचार्य, नेपाली काँग्रेसका क्षेत्रीय सभापति नारायण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here