चुमनुब्रीका ८ वटा केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्यो

सोमवार, मंसिर ५, २०७९
0
220

गाेरखा । जिल्लाको चुमनुब्री गाउँपालिकामा रहेका २२ वटा केन्द्र मध्य ८ वटा केन्द्रको मतपेटिका गोरखा सदरमुकाम आइपुगेको छ ।

नेपाली सेनाको कलसाइन एनए ०५६ नम्बरको हेलिकप्टरबाट सामागाउँबाट स्वास्थ्य चौकी नामरुङ, गाविस भवन स्यो, गौरी शँकर केन्द्र, साम्दो, हिमचुली केन्द्र छाक, क्वाक केन्द्र प्रोक र सामुदायिक भवन ल्होका ४० वटा मतपेटिका गोरखा ल्याइएको हो ।

अन्य स्थानका मतपेटिकाहरु नेपाली सेनाको दुइवटा हेलिकप्टर प्रयोग गरी ल्याउने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को मत गणना आज तीन बजेदेखि सुरु गर्ने सर्वदलिय निणर्य भएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले जानकारी दिए । सर्वदलिय वैठकमा नेकपा एमालेको सहभागिता नरहेको उनले बताए  । हामीले खबर गरेर बोलाएका हौँ उहाँहरु आउनु भएन भट्टराइले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here