तारा नगर साना किसान कृषि सहकारी सँस्था लि‍. काे अध्यक्षमा भट्टराइ

बुधबार, पुस १३, २०७९
0
192

गाेरखा । तारा नगर साना किसान कृषि सहकारी सँस्था लि. काे चाैँथाे वार्षिक साधारण सभा एवँ दाेस्राे अधिवेशनबाट नयाँ कार्यकालका लागि यदु प्रसाद भट्टराइ अध्यक्षका लागि चुनिएका छन् ।

उपाध्यक्षमा भूरमण घिमिरे सदस्यहरु रमेश कुमाल, रिम प्रसाद काप्री,दुर्गा थापा, सुमित्रा अर्याल, विमला श्रेष्ठ, विमला थापा, बल बहादुर कुमाल, डिलमान गुरुङ, सृजना अर्याल, जानुका देवी कुमाल, विनाेद श्रेष्ठ रहेका छन् ।

लेखा समिति सँयाेजकमा रामकृष्ण भट्ट, लक्ष्मण कुमाल, कमला परियार रहेका छन् ।  केन्द्रीय सहकारी सँघका अध्यक्ष खेम बहादुर पाठककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गाेरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगर, उपप्रमुख मसलीमाया थाेकर पुन, प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रम सँस्थाका अध्यक्ष चञ्चला माया ज्ञवालीकाे अध्यक्षतामा भएकाे थियाे । साना किसानबाट ऋण तथा सहुलियत कर्जा सरल रहेका कारण किसानहरुकाे आकर्षण रहेकाे पाइन्छ । स्थापनाकाे छाेटाे समयमा नै याे सहकारीले धेरै जनसँख्या सेवा प्रदान गर्दै आइरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here