तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिकाले गणतान्त्रिक आन्दाेलन, जनआन्दाेलनमा शहिद भएका, वेपत्ता भएका र आन्दाेलनका क्रममा घाइते भएका परिवारजनहरुलाइ मासिक सात हजारका दरले जीविकाेपार्जन भत्ता उपलब्ध गराउन थालेकाे छ ।
पहिलाे चरणमा ८ घर परिवारलाई उक्त कार्यक्रमबाट सम्मान गरिएको छ । गाउँपालिकामा आयाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानले उनीहरुलाइ सम्मान सहित जीविकाेपार्जन भत्ता उपलब्ध गराएका हुन् ।






