काठमाण्डाै । गोरखा भूम्लिचोककी एक युवतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–७ को चाबहिल पिपलबोटस्थित सडकमा बा. ९८ प ६४२३ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख. ११०९ नम्बरको बसले ठक्कर दिँदा स्कुटरमा सवार गोरखा गण्डकी गाउँपालिका–६ भूम्लिचोक घर भई हाल काठमाडौं नारायणटार बस्ने २८ वर्षीया रोशनी थापा मगरको मृत्यु भएको हो ।
राजधानीको चाबहिलमा भएको दुर्घटनामा परी थापाको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी उहाँको चावहिल स्थित हेल्पिङ ह्याण्ड अस्पताल च उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।






