गाेरखा । जिल्लाकाे पालुङ्टारमा माघ ७ गते नगरपालिका परिसर भित्र माओवादी नेता अशाेक मरहट्टालाइ अस्पताल भर्ना हुनुपर्ने गरी कुटपिट गर्ने माओवादी कार्यकर्ता दुर्गालाल श्रेष्ठलाइ पार्टीले जिम्मेवारीबाट हटाएकाे छ ।
फागुन १० गते माओवादी केन्द्र जिल्ला समन्वय समितिकाे कार्यालयमा जिल्ला इञ्चार्ज अमर तमु केन्द्रीय सदस्य भगवती तिवारी, जिल्ला सँयाेजक विष्णु प्रसाद भट्ट , समन्वय सदस्य बन्दना पाण्डे, रामचन्द्र सेढाइँ, पार्टी सल्लाहाकार बसन्त बराकाेटी र कुटपिटमा सँलग्न दुर्गालाल श्रेष्ठकाे उपस्थितिमा भएकाे छलफलमा श्रेष्ठले गम्भीर गल्ती गरेकाे बताएकाे र उनलाइ पार्टी सदस्य बाहेकका सबै जिम्मेवारीबाट हटाइएकाे माओवादी केन्द्र गाेरखाले जानकारी दिएकाे छ ।
श्रेष्ठले माओवादीकाे ठूलाे नेता हुँ भन्दै ग्रामीण क्षेत्रमा खटिने नेता कार्यकर्ताहरुलाइ गालीगलाैज तथा हातपात गर्ने काम गर्दै आएका थिए । बेलाबखत जिल्ला आउने श्रेष्ठले पार्टीकाे नाम लिएर गलत हर्कत गर्न थालेपछि जिम्मेवारीबाट हटाइएकाे माओवादी पार्टीले जनाएकाे छ । श्रेष्ठले आफूले कम्युनिष्ट अनुशासन विपरीत काम गरेकाेमा आत्मालाेचना गर्दै कारवाही राेक्न माग गरेका थिए । छलफल चल्दै जाँदा पार्टीले जुनसुकै कारवाही गरेपनि स्वीकार्ने र आफूबाट गम्भीर गल्ति भएकाे बताएका थिए । श्रेष्ठ माओवादी पार्टीकाे पालुङ्टार नगर सचिवालय सदस्य रहेका थिए । उनी पार्टीका ठूला नेताकाे नजिक रहेकाे र आफू नै सबै भन्दा ठूलाे नेता रहेकाे दावी गर्दथ्ये ।
श्रेष्ठलाइ पार्टीले कारवाही गरेसँगै कुटपिटबाट घाइते भएका अशाेक मरहट्टाले प्रहरीमा दिएकाे जाहेरी फिर्ता लिने सहमति समेत भएकाे छ।






