मनकामना केवलकार चैत २२ गते बुधबार बन्द रहने

आइतवार, चैत्र १९, २०७९
0
125

१९ चैत्र, गाेरखा । मनकामना केबुलकार  चैत २२ गते बुधवार बन्द हुने भएको छ ।  बुधबार नियमित मर्मत संभारको लागि बन्द गर्न लागेको केबुल कार प्रशासनले जनाएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै नियमित मर्मत संभारको लागी १ दिन बन्द गर्न लागेको केबुल कार सञ्चालक राजेशबावु श्रेष्ठले बताए ।

केवलकारले जारी गरेकाे सूचनामा ‘चैत्र २२ गते का दिन टावर मर्मत संभारको लागि एक दिन केबुल कार सेवा बन्द हुने’ भनिएको छ । बिहीबार बिहानैदेखी भने केबुल कार नियमित रुपमा संञ्चालनमा आउने पनि सञ्चालक श्रेष्ठले बताए । बुधबार ‘केबुल कार बन्द हुँदा श्रद्वालु भत्तजनमा पर्न जाने अुसविधाको लागि’ भने प्रशासनले क्षमा प्रार्थी छौ’ सूचनामा भनिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here