एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी

बिहिबार, चैत्र ३०, २०७९
0
137

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् ।

कूल १६ सय ५० मत खसेकोमा ५० मत गन्न बाँकी रहँदा उनले आचार्यसँग एक सय बढीको अग्रता बनाएर जित सुनिश्चित गरेकी हुन् ।

जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here