गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलाका क्रममा फरार रहेका रोल्पा साबिक लिवाङ गा.वि.स. वडा नम्बर १ पाङघर भएका २० बर्षिया प्रसाते बि.क.लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएपी) लिलाराज लामिछानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट पत्राचार पछि खोजी गर्ने क्रममा बि.कलाई ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं.४ सौरपानीबाट पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।
पक्राउ परेका बि.कलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको उनले जानकारी दिए






