ठगी गर्ने गाेरखा घ्याल्चाेकका दुइजना पक्राउ

शुक्रबार, बैशाख १५, २०८०
0
155

गोरखा । बिदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले गोरखाका दुई जनालाई प्रक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने गोरखा जिल्ला ध्याल्चोक गाउँपालिका वडा नम्बर ८ घर भएका ५१ बर्षका दुर्गाबहादुर रेग्मी र कमला रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १४ ठैब बस्दै आएका उनिहरुलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । उनिहरुले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाइदिन्छु भन्दै प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ उठाएर ठगी गरेका हुन् । पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक २ लाख रुपैया तलब हुने भनि प्रलोभन देखाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

उनिहरुले पटक पटक गरि पिडित व्यक्तिहरुबाट एक्काईस लाख रुपैयाँ उठाएका थिए । रकम लिएर फरार भएपनि पिडितले वैदेशिक रोजगार विभागबाट उजुरी गरेपछी प्रहरीले खोजी गर्नेक्रममा दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथि बिभागले आबश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here