गाेरखा । शहिद लखन गाउॅंकार्यपालिकाले आगामी ३ वर्ष भित्रगाउॅंपालिका भित्र वसोवास गर्ने २० वर्ष उमेर देखि ६० वर्ष उमेर समुह भित्रको सवै विवाहित महिलाहरूको पाठघरको क्यान्सर परिक्षण गर्ने निति अनुसार आ.व २०७९/०८० मा गाउॅंपालिकाले VIA परिक्षण गरेकाे छ ।
कार्यक्रममा विनियोजित वजेटवाट २ चरणमा गरेर ९ वटाको १० स्थानमा गएर ७८६ जना ( चर्च घर भोगटेनि ८० जना,वालज्योति प्रा.वि.मा ७४ जना, त्रिवेणी प्रा.वि मा ९४ जना , कानाटार सामुदायीक भवनमा ८५ जना, ताकलुगं आधारभुत स्वा.के.मा ८० जना, प्रगति प्रा.वि.तेर्सेमा ९३ जना, घैरूङ स्वा.चौकीमा ९९ जना , देउरालि सामुदायीक भवनमा ८१ जना, बुंकोट आधारभुत स्वा.के.मा ४५ जना र भिमसेन आ.वि.मा ५४ जना ) लाई सेवा प्रदान गरियो जस मध्ये ५८ जनालाई VIA Positive देखियो र सवैलाई Thermocogulation विधि द्वारा उपचार गरेेकाे हाे ।
कार्यक्रम लाई सफल वनाउन NACCFको टिम , स्वास्थ्य शाखाका कर्मचारीहरु , सवै वडाको स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरू लागि परेका थिए ।






