भीरबाट लडेर बारपाक सुलिकाेट गाउँपालिकामा एक जना पुरुषकाे मृत्यु

सोमवार, असार ११, २०८०
0
160
साँकेतिक तस्वीर

असार, ११ गाेरखा । जंगलमा काठ लिन गएका गोखरा पाँचखुवा देउरालीका १ जना पुरुषको भिरबाट लडेर मृत्यु  भएकाे छ । मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको अमले बस्ने ६० वर्षीय मिनबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार आइतबार घरबाट काठ लिन गएका उनी सोमबार बिहानसम्म पनि नफर्किए पछि खोजी गर्दै जादाँ बारपाक सुलिकोट गाउँपालिका–७ को अमलेको जंगलमा रहेको बिखुरे भिरमा मृक्त अवस्थामा फेला पारेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली घटना स्थलमा पुगेर अनुसन्धान गर्दा गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको देखिन आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृत्तक गुरुङको आजै शव पोष्टमार्टम गरी आफन्तलाई बुझाएको पनि प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here