जनप्रतिनिधिले प्राप्त गरेको सुविधा सामाजिक काममा प्रदान

बुधबार, भदौ २०, २०८०
0
125

गोरखा २० भदौ । सिरानचोक गाउँपालिका वडा न. ६ गाँखुका वडा अध्यक्ष प्रेम वस्तीले आफुले प्राप्त गरेको जनप्रतिनिधि तलव, भत्ता वापतको रकम सामाजिक क्षेत्रमा प्रदान गरेका छन् ।

वस्तीले आर्थिक वर्ष ०७९।८० मा कुल १ लाख ५१ हजार ५ सय समाजका विभिन्न क्षेत्रलाई आर्थिक सहयोग स्वरूप दान दिएका हुन् । हालसम्म विभिन्न परोपकारी संघ-संस्था, विपन्न असहाय, विकास निर्माण, स्वास्थ्य सेवा लगाएतका क्षेत्रमा सहयोग गरेका छन् ।

देश र समाजको सेवा गर्ने उद्देश्य राखी राजनीतिमा लाग्नुभएका वस्ती भन्छन् “म कुनै नाफा आर्जन गर्ने उद्देश्यले राजनीतिमा होमिएको हैन, म केवल समाजमा भएको बिसंगति एवं असहजतालाई सहजीकरण गरी विपन्न गरीब दुखीको सेवामा समर्पित रहनेछु ।“

वडाअध्यक्षको उम्मेदवारी दिई चुनाव प्रचार-प्रसारकै क्रममा आफू निर्वाचित भए राज्यकोषबाट उपलब्ध हुने तलब सुविधा वडा र जनताको लागि खर्च गर्नेछु भनेर वाचा गरेका थिए । अहिले वस्ती त्यही बाचा पूरा गरिरहनुभएको छ । जनताले दिएको अवसर र सम्मानको फाईदा नाफाको रूपमा लिएर समाजका लागि राम्रो काम गर्नुपर्ने उनको भनाई छ ।

वस्तीले कुन कामका लागि कहाँ खर्च गरिएको भनेर फेहरिस्त नै सार्वजनिक गरेका छन् गोरखामा ११ स्थानीय तहमा ९४ वडा रहेका छन् । वस्ती नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here