भैँसीकाे पाडाे चाेर्ने एक साता पछि पक्राउ

शुक्रबार, कार्तिक १०, २०८०
0
144

जीतपुर । जीतपुर सिमरा उपमहानगर वडा नं २० का मोम्हताव देवानको गोठबाट एक साताअघि चोरिएको पाडोसहित चोर पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले देवानको गोठबाट चोरी भएको पाडो कोल्हवी मधुवनमा फेला परेको बताए । ‘पाडो चोरी भएको जानकारी पाउनासाथ पुलिस आफैँले जाहेरी लेखेर दियो, हामीले पाडो खोजी गर्दै जाँदा पाडो चोर्नेले देवानको आफ्नै भान्जालाई बेच्दै गरेको अवस्थामा फेला पारेको हो,’ उनले भने, ‘सम्बन्धित व्यक्तिलाई बोलाएर जिम्मा लगाउँछौँ ।’

चार वर्षको पाडो चोरी भएपछि देवानले वडाध्यक्ष रसुलमियाँ अन्सारी तथा विभिन्न अगुवालाई भेटेर पाडा खोजी गरिदिन आग्रह गरेका थिए ।

सार्वजनिक बाटो छेउको जग्गामा बनेको कच्ची घरमा एक छेउमा गोठ र अर्को छेउमा देवानको ३ जनाको परिवार बस्दै आएको छ । उमेरले ६ दशक नाघेका उनको सम्पत्तिको नाममा एक हल पाडो थियो । उनी पाडोको सहयोगमा अरुको खेत जोत्ने र गाडा चलाएर वस्तुको दानापानी र परिवारको गुजारा चलाउँदै आएका थिए । एक हल पाडोमध्ये एउटा चोरी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here