खिचडी यात्राकाे टाेलीलाइ गाेरखपुरमा सम्मान

सोमवार, माघ १, २०८०
0
183
खिचडि यात्राका क्रममा गाेरखपुर पुगेकाे समूह सामूहिक तस्विरमा । तस्वीर अभिषेक तामाङ

गाेरखा । गाेरखाबाट खिचडि यात्राकाे लागि निस्केकाे समूहलाइ गाेरखपुर स्थित गाेरखनाथ मन्दिरमा स्वागत तथा सम्मान गरिएकाे छ ।
गोरखा स्थित गोरखनाथबाट भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा २१ वर्ष पछि खिचडी यात्रा सुरु भएकाे थियाे । ६० सालबाट रोकिएको यात्रा ८० सालमा पुनः सुरु भएको अन्तराष्ट्रिय गौमाता सेवा महासँघका महासचिव ठाकुर लामिछानेले बताए ।

देशभरीका विभिन्न जिल्लाका १५० जना नेपालीहरु गाेरखपुर पुगेका छन् ।  धार्मिक पर्यटनको विकासका लागि यो यात्राको थालनी गरिएको हो । यात्रा सुरु गर्नुअघि गोरखा बजारमा समूहले र्‍याली गरेको थियो । यात्रामा सँलग्नहरुलाई गारखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले शुभयात्राको शुभकामना दिएका थिए ।

यात्रामा विभिन्न जातजाति, भाषाभाषि, धर्म सबै समुदायका नागरिकहरु रहेका छन् । महासँघको अन्तराष्ट्रिय कार्यलय दिल्लीमा र शाखा कार्यालय गोरखामा रहेको छ । यात्राका क्रममा नवदुर्गा मन्दिर ओमसतिमा वडा नम्बर ४ वालापुरमा नेपालबाट गएकाे समूहलाइ स्वागत गरिएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here