गाेरखा । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गाेरखाकाे सचिवमा छम बहादुर तमु चयन भएका छन् । नेकपा माओवादी केन्द्र गाेरखाकाे विहिबार बसेकाे पूर्ण वैठकले सँविधानसभा सदस्य समेत रहेका तमुलाइ सचिवमा सर्वसम्मत चयन गरेकाे हाे ।
पूर्ण बैठकले गाेरखा निर्वाचन क्षेत्र नम्बर १ काे इञ्चार्ज परशुराम रम्तेल र २ काे इञ्चार्ज खाेप बहादुर कँडेललाइ जिम्मेवारी दिएकाे छ ।
पूर्ण बैठकले ११ वटै पालिकामा जिम्मेवारी समेत प्रदान गरेकाे छ । जसमा अजिरकाेट गाउँपालिकामा दिपक देवकाेटा, सिरानचाेक गाउँपालिका भगवती तिवारी, पालुङटार नगरपालिका विवस चिन्तन, गण्डकी गाउँपालिका परशुराम रम्तेल, शहिदलखनमा कमला नहर्की, भीमसेन थापा गाउँपालिकामा लाेक प्रसाद बञ्जरा, आरुघाट गाउँपालिकामा अमर तमु, धार्चे र चुमनुब्री गाउँपालिकामा छम बहादुर तमु, बारपाक सुलिकाेट गाउँपालिकामा विष्णु प्रसाद भट्ट, गाेरखा नगरपालिका लेख बहादुर थापालाइ जिम्मेवारी प्रदान गरिएकाे जिल्ला इञ्चार्ज अमर तमुले बताए । भूगाेलमा रहेका प्रदेश सदस्यहरु आ आफ्नाे भूगाेलमा जाेडिएर काम गर्ने पार्टीले नीति लिएकाे उनकाे भनाइ छ ।
चैत २० गतेबाट सुरु भइ जेठ महिना सम्म अभियान सञ्चालन गरेर पार्टी निर्माणकाे कामलाइ थप व्यवस्थित गर्ने नेकपा माओवादीकाे याेजना रहेकाे साे पार्टीले जनाएकाे छ । पालिका समितिहरुलाइ पूर्णता दिने सदस्यता नविकरण गर्ने, जनवर्गिय सँगठन निर्माण गर्ने, सेल कमिटी निर्माण गर्ने लगायतका कामहरु याेजनामा रहेकाे जिल्ला इञ्चार्ज तमुले बताए ।






