देश माओवादी विचारबाट चलिरहेकाे छ : नेता शर्मा

बिहिबार, चैत्र ८, २०८०
0
191

गाेरखा ।  नेकपा मा‌ओवादीका पार्टीका केन्द्रिय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज दिननाथ शर्माले देशकाे शासन व्यवस्था माओवादी विचारबाट चलिररहेकाे बताएका छन् ।

गाेरखा जिल्लामा आज आयाेजित नेकपा मा‌ओवादी गाेरखा जिल्ला पार्टीकाे पूर्ण बैठकलाइ सम्बाेधन गर्दै सँसदीय राजनीतिमा हुने सिट सँख्या एउटा कुरा भएपनि देशकाे शासन सञ्चालन गर्ने कुरा विचार प्रधान हुने उनले बताए ।

साँसद सँख्या गणितिय कुरा हुन् नेतृत्व गर्ने विचारले हाे , विकास र समृद्धिका लागि देश र जनताकाे सेवामा माओवादीकाे नेतृत्व अपरिहार्य रहेकाे र साेही अनुसार काम भइरहेकाे उनले बताए ।

कार्यक्रममा सह इञ्चार्ज हरीराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य सुसिला सिँखडा, परशुराम रम्तेल, जिल्ला इञ्चार्ज अमर तमु लगायतले प्रशिक्षण मूलक मन्तव्य प्रदान गरेका थिए ।

जिल्ला पार्टी सँयाेजक दिपक तिमिल्सिनाकाे अध्यक्षता र सञ्चालनमा भएकाे कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रीय समितिमा रहेका जिल्लाका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।

आज भएकाे पूर्ण बैठकले पालिका स्तरमा नेताहरुकाे जिम्मेवारी समेत ठाेस गरेकाे नेकपा माओवादी केन्द्र गाेरखा जिल्ला इञ्जार्ज अमर तमुले जानकारी दिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here