अभिषेक तामाङ । जिल्लाकाे सामुदायिक क्याम्पस द्रव्य शाह बहुमुखि क्याम्पसले विभिन्न सँकायमा अध्ययनरत रहेका ६३ जना विद्यार्थीहरुका लागि छात्रवृति दिने बताएकाे छ ।
छात्रवृति माग गर्ने विद्यार्थीकाे अन्तर्वाता लिएर साेधखाेज गरी अवस्था अनुसार क्याम्पसमा रहेकाे स्राेत अनुसार छात्रवृति दिने भएकाे हाे । कक्षा ११ र १२ बाट १२ जना स्नातक दाेस्राे वर्ष व्यवस्थापन सँकाय तर्फका १३ जना शिक्षा सँकायका १२ जना, स्नातक चाैथाे वर्ष व्यवस्थापन सँकायका १८ जना र शिक्षा सँकायका ८ जना गरी ६३ जनाकाे नाम क्याम्पसले सार्वजनिक गरेकाे हाे ।
यस अघि भनसुन र आफन्तलाइ दिइने गरेकाे छात्रवृति यसपाली देखि व्यवस्थित गरी इमान्दार अध्ययनशिल विद्यार्थीहरु छनाैट गरिएकाे विद्यार्थी नेताहरुकाे भनाइ छ । छात्रवृति रकम दुइ हजार पाँचसय देखि १० हजार सम्म रहेकाे सूचनामा उल्लेख छ ।






