रुपन्देहीको देवदहका युवाहरुले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न असहज परिस्थितिले धेरैको जनजीवनमा प्रतिकूल असर पारिरहेको कुरालाई प्रस्तुत गर्दै खासगरी निजी तथा संस्थागत बिद्यालय एवं निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुको दयनिय अवस्था चित्रण गरेर “कोरोना कहर” नामक सर्ट फिल्म निर्माण गरेका छन् । फिल्मलाई भाग भागमा YouTube Channel Universe Online TV मार्फत प्रशारण गरिएको Channel सञ्चालक एवं फिल्मका परिकल्पनाकार/निर्देशक तथा सम्पादक सुशील सापकोटाले जानकारी दिनुभयो । सन् २०१९ डिसेम्बर अन्त्यतिर चिनको वुहानबाट सुरु भएको यो भाइरसको असर नेपालमा पनि दिनानुदिन बढिरहेको छ । कोरोना संक्रमणबाट बच्नको लागि नेपाल सरकारले पनि पटकपटक गरी लकडाउनको घोषणा गरिरहेको बाध्यात्मक परिस्थितिमा श्रमिक वर्गको जीवनयापनमा परिरहेको समस्या चित्रण गर्ने हाम्रो प्रयास गरिएको सापकोटाले बताउनुभयो । हालसम्म कोरोना कहरका २ भागहरु प्रशारण भएको र निरन्तर रुपमा आगामी भागको लागि समेत योजनाबद्ध रुपमा काम भैरहेको सापकोटाले जानकारी दिनुभयो । २ भाग प्रस्तुत भैसक्दा दर्शकहरुबाट निकै सकारात्मक टिप्पणी तथा रचनात्मक सल्लाहसमेत मिलिरहेको उहाँले बताउनुभयो । फिल्ममा सुशील सापकोटा सहित राजु अर्याल अविरल, यज्ञ प्रसाद न्यौपाने दीपक, गणेश न्यौपाने, होमनाथ शर्मा, जयलाल न्यौपाने, ज्योती भट्टराई, सीता न्यौपाने सापकोटा, तिला कंडेलको अभिनय रहेको छ । फिल्ममा संवाद गणेश न्यौपानेको रहेको छ भने छायाङ्कन ज्योती भट्टराईको रहेको छ ।
छोटो चलचित्र : कोरोना कहर-२ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।






