पीडा ज्यादा दिन्छ खुसी कम गरिदिन्छ (गजल)

बिहिबार, भदौ १८, २०७७
0
125

पीडा ज्यादा दिन्छ खुसी कम गरिदिन्छ
यसरी समयले जिन्दगीलाई जखम गरिदिन्छ

गाउँमा थोरै पीडा हुँदा सबै सबै रुने गर्छन्
सहरमा मान्छे मर्दा पनि रमझम गरिदिन्छ

आफैंले कुँदेको मुर्तिसङ्ग वरदान मागेपछि
संसारमा भगवान छैनन् भन्ने भ्रम गरिदिन्छ

खुसी हुँदा दुखी हुँदा गजल सुन्ने  गर्नुहोस्
कम्तीमा तपाईंको चोटको मल्हम गरिदिन्छ

नजिक हुनेबाट सावधान हुने गर्नुहोस
रोग अफ्नै शरिरमा बसि आफैलाइ खतम गरिदिन्छ

ईश्वर थापा क्षेत्री
ठेगाना : धादिङ ; मुलापानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here