कत्ति पनि नछोड्नुस घर, कोरोनाबाट बच्न ।
बाहिर ननिस्कनुस सकभर, कोरोनाबाट बच्न ।
सजग हुनुस सचेत हुनुस, उच्च सतर्कता अप्नाउनुस,
मनमा कुनै नराख्नुस डर, कोरोनाबाट बच्न ।
सकेसम्म बाहिर ननिस्कनुस, यदि निस्कनु परेमा,
प्रयोग गर्नुस मास्क र सेनिटाईजर, कोरोनाबाट बच्न।
कानले सुन्ने मनले गुन्ने, सहि र गलत आफैले चुन्ने,
आईरा हुन्छन जानकारि र खबर, कोरोनाबाट बच्न ।
दूँनियाले हजुरलाई त, साक्षत भगवान मान्छन,
गुरू! केही छ होला त मन्तर, कोरोनाबाट बच्न ।
काजी सुनार
पर्वत
हाल लमजुङ






