मुक्तक १
मेरो दिल टुटेपनी रहर उस्तै छ
कोही बीचमै छुटेपनी लहर उस्तै छ
अब बैगुनी को केही आश छैन महोदय
हरकुना मा झुटका ब्यापारी छन् सहर उस्तै छ।
मुक्तक २
प्रेम को खेलमा मेरो हार भएछ
देखेको सपना सबै बेकार भएछ
माया त उनलाई मुटु देखि नै गरेको थेत
उता त झुटो मायाको जयजयकार भएछ ।
मुक्तक ३
अझैं पनि माया गर्छु चाल फेरिएन
प्रेमको गहिराइ भयो ताल फेरिएन
उसलाई फोन गर्दा गर्दा मत थाकिसके
सम्झन्छु घरी घरी हाल फेरिएन।
मुक्तक ४
दाङ्ग को राजनीतिमा खै किन खिचातानी गर्छन्
हुने कामलाई भोलि भन्दै जानाजानी गर्छन्
य हजुर मेरो काम आजै गर्दिनु भन्छु
आज हुन्न भोलि भन्दै आनाकानी गर्छन्
मुक्तक ५
तिम्रो उसको सम्बन्ध दरार भयो भने
कहिले काहिँ कडा शब्द प्रहार भयो भने
मलाई सम्झि कहिलै पनि नरुनु है पिर्य
बीच बाटो मै ताला लगाई फरार भयो भने
प्रमोद ओली (हिटलर)
ठेगाना:तुलसीपुर १३फूलबारी






