गाेरखा । गाेरखामा आज बादल र मेघ गर्जन विना परेकाे चट्याङका कारणका दुइ चाैपाया मरेका छन् । सदरमुकामकाे वल्ड क्यापिटल बाेर्डिङ स्कुल नजिक रहेकाे सुकमाया विकले पालेका दुइ वाख्रा मरेकाे भेटेरीनरी अस्पताल गाेरखाका नासु सुदिप विकले बताए ।
गाेरखा नगरपालिका ८ स्थित रानीवनमा रहेकाे चिलाउनेकाे रुखमा परेकाे चट्याङका कारण रुखका फेदमा बाँधेर राखिएका दुइवटा वाख्रा मरेकाे हाे ।
चट्याङ परेपछि सदरमुकाम क्षेत्रका मानिसहरु के भएकाे हाे भनि खाेजतलासमा चनाखाे भएका थिए । शान्त वातावरणमा एक्कासी चट्याङ वर्षिदा सदरमुकामकाे वातावरण केही समय त्रासमा परेकाे थियाे ।






