गाेरखा । काेराेना सङक्रमणलाई कारण देखाउँदै बन्द रहेकाे बिगत पाँचर्षदेखि बन्द रहेको उत्तरी गोरखाको ङुइला नाका असार देखि सञ्चालनमा आउने भएकाे छ ।
२०७६ सालको पुस महिनादेखि चिनियाँ सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री ७ छेकम्पार र तिब्बत जोड्ने ङुइला नाका उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
केही दिनअघि तिब्बतको जोङ्गास्थित स्या सहरमा औपचारिक कार्यक्रम आयोजना गरी नाकाको उद्घाटन गरिएको उनले बताए ।
जिल्लाकाे चुमनुब्री १ मा रुइला नाका र वडा नं. ७ मा ङुइला नाका छन् । दुईमध्य हाल एउटा मात्र खुलाइएको छ । नाका खुलेसँगै तिब्बतकाे स्या सम्म जान पाइने भएकाे छ । वडा नम्बर १ सँग जाेडिएकाे रुइला नाका पनि खुलाउने सरकारी निर्णय भैसकेकाे चुमनुब्री गाउँपाालिका अध्यक्ष निमा लामाले बताए ।
तिब्बतकाे नाका खुलेसँगै यस क्षेत्रका मानिसहरुलाई दैनिक उपभाेग्य बस्तु चिनियाँ बजारबाट सुलभ मूल्यमा प्राप्त गर्न सहज हुने लामाले बताए । विगत पाँच वर्षदेखि यस क्षेत्रकाे नाका बन्द हुँदा यहाँका नागरिकहरु समस्यामा पर्दै आएका थिए






