गाेरखा । कर सेवा कार्यालय गाेरखाबाट स्थायी लेखा नम्बर लिनेकाे सँख्या २६ हजार ९५४ जना पुगेकाे छ ।
आर्थिक वर्षकाे अन्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर १५ हजार ९२२ जना, व्यक्तिगत प्यान १० हजार ६१० जना, मूल्य अभिवृद्धि करमा दर्ता भएका एक हजार २७८ जना, अन्तशुल्कमा ५५३ र सरकारी सँस्थाकाे प्यान लिनेमा ४२२ गरी २६ हजार ९५४ रहेकाे नायव सुब्बा राेशन कुमार कुशवाहाले जानकारी दिनुभयाे ।
असार मसान्त सम्म कार्यालयले ४५ कराेड ७१ लाख ११४ रुपैयाँ राजश्व सँकलन गरेकाे छ । आयकर, मूल्य अभिवृद्धि र अन्त शुल्क गरी उक्त रकम जम्मा भएकाे कुशवाहाले बताउनुभयाे । राजश्व लक्ष्यकाे ७१ प्रतिशत सँकलन भएकाे हाे । कार्यालय गत वर्ष ६४ कराेड ६० लाख सँलकन गर्ने लक्ष्य लिएकाे थियाे ।






