मा‍.वि. विद्यालयमा, मा.वि. शिक्षककाे सुरुवात अजिरकाेटबाट

आइतवार, कार्तिक १८, २०८१
0
214

गाेरखा । अस्थायी रूपमा मावि सञ्चालन भएका अजिरकाेट गाउँपालिका भित्रका अधिकाँश विद्यालयहरू आधारभूत तहका कक्षा १ ५ र कक्षा ६ ८ का शिक्षक लिएर मावि चलाइरहेका थिए । २०७९ मा भएका स्थानीय तहकाे निर्वाचनमा दिपक देवकाेटा नेतृत्वकाे स्थानीय सरकार आएसँगै अस्थायी माविले मावि तहका शिक्षक पाएका छन् ।

गण्डकी प्रदेशमा गाेरखाकाे अजिरकाेट गाउँपालिकाले सँघीय सरकारले स्थानीय तहलाइ दिएकाे अधिकार प्रयाेग गरी मावि विद्यालयलाइ मावि तहकाे शिक्षक उपलब्ध गराएकाे थियाे ।

शिक्षाकाे विकास नभै अन्य विकास क्षेत्रकाे विकास गर्न कठिनाइ मात्रै नभै दिगाेपना समेत नहुने भएकाले पहिलाे प्राथमिकता शिक्षाालाइ दिएकाे गाउँपालिका अध्यक्ष दिपक देवकाेटाले बताउनुभयाे । अजिरकाेटकाे अभ्यास अन्य पालिकाहरुले पनि सिक्ने क्रममा रहेकाे देवकाेटाले बताउनुभयाे । गण्डकी प्रदेशमा माविमा अन्य विद्यालयबाट ल्याएर भएपनि दरबन्दी कायम गर्ने काम अजिरकाेटले नै पहिले गरेकाे शिक्षा शाखा प्रमुख सिताराम पन्तले बताउनुभयाे । हामीले व्यवहारमा काम गरेसँगै तनहुँकाे भानु नगरपालिकाले नीतिगत रुपमा गरेकाे   र अन्य पाालिकाहरुले पनि विद्यार्थीकाे चाप र दरबन्दीकाे उपलब्धता अनुसार स्थानीय सरकार सञ्चालन एेन अनुसार काम गरेकाे  पन्तकाे भनाइ छ ।

शिक्षाासँगै स्वास्थ्यलाइ दाेस्राे प्राथमिकता र कृषि, पर्यटन र पुर्वाधारलाइ तेस्राे प्राथमिकतामा राखेर काम गर्दै आएकाे देवकाेटाले बताउनुभयाे । यस अघिकाे र अहिलेकाे शिक्षाका तथ्याङ्क मा धेरै फरक रहेकाे देवकाेटाकाे भनाइ छ । शिक्षामा गरिएकाे लगानी मादक पदार्थ खाएजस्ताे तुरून्तै नलाग्ने भएकाले यसकाे नतिजा देखिन समय लाग्ने उहाँले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here