गाेरखा अस्पतालमा मृत्यु भएकी वृद्दाकाे पिसिआर पाेजेटिभ

आइतवार, भदौ २१, २०७७
0
211

भदौ २१ गाेरखा ।

गोरखा अस्पतालमा शनिबार निधन भएको ७५ बर्षिय बृद्धाको पिसिआर नतिजा पोजिटिभ आएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको नमुना परिक्षणमा ७५ बर्षिय बृद्धा महिलामा कोराना संक्रमण पुष्टि भएको हो। यो सगै कोरोना संक्रमण बाट गोरखा अस्पतालमा निधन हुनेको संख्या दुई पुगेको छ। यसअघि पालुङटारका एक पुरुषको उपचारको क्रममा निधन भएको थियो।
यसअघि गोरखा नगरपालिका वडा नम्बर ७ निबासी उक्त ७५ बर्सिय महिलाको परिवारका ३ जनालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
ब्रेन हेमरेज रोग बाट पिडित महिलाको स्वास्थ्यमा समस्या देखिएपछि गोरखा अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा हिजो अपरान्ह उहाँको मृत्यु भएको हो ।साथै उनको उपचारमा खटिएका गोरखा अस्पतालका ५ जना स्वास्थ्यकर्मी पनि क्वारेन्टिनमा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here