अभिषेक तामाङ
गाेरखा । गाेरखा काठमाण्डाै पदयात्रा आजबाट सुरु भएकाे छ । गाेरखाकाे हनुमान थानबाट आजदेखि पदयात्रा सुरु भएकाे हाे । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे पुर्व सन्ध्याका अवसरमा गाेरखाकाे हनुमान भञ्जयाङबाट सुरु भएकाे पदयात्रा जाेर चाैतारी, ताप्ले ,अश्राङ, बाेर्लाङ ,घाटवेशी ,धादिङ, नुवाकाेट हुँदै पुस २६ गते काठमाण्डाै पुग्नेछ ।
पदयात्राकाे साथमा टर्च नेपालकाे राष्ट्रिय झण्डा र नेपाली सेनाका पहिलाे कम्पनीहरुकाे झण्डा रहनेछ ।

यात्रामा गाेरखामा शिवदल गण ,धादीङमा श्री शेर गण, नुवाकाेटमा कालीध्वज गण र काठमाण्डाैमा श्री शार्दुलजँग गुल्मले सघाउनेछन् ।






