गाेरखा सम्वाददाता
२ जेठ, गोरखा । अजिरकोट गाउँपालिका स्थित मुच्चोक आधारभूत विद्यालयका दलित विद्यार्थीहरुका लागि खाद्य सामग्री प्रदान गरिएको छ । सामाजिक अभियान्ता उत्तर कुमार श्रेष्ठले विहीबार विद्यालयमा पुगेर सामग्री हस्तान्तरण गर्नुभएको हो ।
चामल १० बोरा, चिनी २५ केजी,दाल २० केजी, चना,केराउ ३० केजी, चिया पति ५ केजी, जिरा मसला ८ केजी, चाउचाउ १० बाकस, बिस्कुट ६ बाकस, तेल ५ पचास लिटर,स्कुल ब्याग थान , १५ थान ज्यामिति बक्स ,सिसा कलम ,पेन पाकेट, कापी ४५ दर्जन, स्कुल ड्रेस १५ जना बिधार्थीका लागि र शिक्षकका लागि पेन तथा डायरी प्राप्त भएको विद्यालयका प्रधानाध्यापक चिना गुरूङ्गले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभियान्त श्रेष्ठ, सुष्मा देवकोटा, अमृत श्रेष्ठ, अञ्जली श्रेष्ठ, सहायक प्रधानाध्यापक अम्बिका देवकोटा, सुनिता बसेल, नरनाथ देवकोटा लगायतको सहभागिता रहेको थियो ।
दुर्गम गाउँमा रहेको विद्यालयमा आएर विद्यार्थीहरुको हितमा सहयोग पुर्याएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले सामाजिक अभियान्ता श्रेष्ठ सहित सबैलाई धन्यवाद दिनु भएको थियो । श्रेष्ठले दुखमा परेका बालबालिकाहरुकालाई सहयोग पुर्याउँदै आउनुभएको छ ।






