मुक्तक १
पैसा फाल्ने हिम्मत लिए पैसाकै जित हुन्छ।
मनको धनी सब सकिए पैसाकै जित हुन्छ।
पैसा भन्दा मन ठुलो प्रतियोगिता भयो भनेनि,
निर्णायकलाई पैसा दिए पैसाकै जित हुन्छ।।
मुक्तक २
कुरा गर्छन सौखिनको पार्टि चाहिन्छ भन्छन्।
जीवन सोच्छन् रङ्गिनको पार्टि चाहिन्छ भन्छन्।
मलाइ जन्मदिएकै कारण मेरी आमा मरेकि हुन्
साथिभाई जन्मदिनको पार्टि चाहिन्छ भन्छन्।।
मुक्तक ३
पुरानो कपडा टाले, खाते भन्न सक्छन्।
एकछाक चुलो बाले, खाते भन्न सक्छन्।
बाटोमा फोहोर फालेर मै राम्रो हुँ भन्नेले,
मैले फोहोर टिप्न थाले,खाते भन्न सक्छन्।
मुक्तक ४
नसोचेको कदम चाले,अर्कै मोड लियो।
गरिबीको बाध्यताले, अर्कै मोड लियो।
धन भन्दा मन ठुलो भन्ने धनीकै भईन
धनी भेटेपछि कथाले, अर्कै मोड लियो।
मुक्तक ५
इज्जत जान्छ भन्छ टाले,कताकता धान्नु।
कपडा चाहिन्छ फेसन खाले,कताकता धान्नु।
छोरालाई एकथोक मनपर्छ छोरिलाई अर्को,
बिचरा गरिब आमा बाले,कताकता धान्नु।।
निराजन रिजाल
थाँक्रे गाउँपालिका -०१ धादिङ






