काेराेना निकाे भएका ८ जना फुर्किदै घर गए

मङ्लबार, भदौ २३, २०७७
0
195

भदाै २३ गाेरखा ।

जिल्लाका  ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर आज फुर्किदै घर फर्किएका छन् । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ८ का १ जना र वडा नम्बर १३ का ५ जना संक्रमित निको भएर घर गएका  हुन् ।  यस अघि ऌसंक्रमण पुष्टी भएपछि उनिहरुलाई उपचारका लागि गोरखा क्याम्पसको आईसोलेसनमा भर्ना गरिएको थियो ।

निको भएर घर फर्कनेमा ३४, ३८, ४३ र ५४ बर्षका ४ जना पुरुष तथा ३६ र १२ बर्षका २ महिला रहेका छन् । त्यस्तै गरी मंगलबार नै गोरखा क्याम्पसको आइसोलेसनबाट गोरखा अदालतका १ जना कर्मचारी र पालुङटार नगरपालिकाका १ जना पुरुष पनि कोरोना जितेर घर फर्किएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो कोरोना परीक्षण क्रममा रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. नविन थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here