पत्रकार राम्जी लम्सालका गजल पढाैँ

मङ्लबार, भदौ २३, २०७७
0
169

छोयो भने थाहा छ नि! सिस्नोले पोल्छ नि।
मिल्यो लय भने त्यो त ! ढुङ्गाले बोल्छ नि ?

हेर्न नजान्दा नि आँखामा धुलो पस्छ नै
खहरे साउनमा ! किनार त खोल्छ नि।

नुन र बालुवा कसरी मिसियोस खै
चिनिमा हेर न पानी घोलक ! घोल्छ नि।

माटोको कणको महत्व बिरुवा बुझ्छ
त्यही सानो रुखमा किराले पिरोल्छ नि।

पिठो जिन्दगी पिठै होरे माइला दाजै
पकाउन त्यो मान्छेले कति गिथोल्छ नि !

रामजी प्रसाद लम्साल
पोखरा -३३,भरत पोखरी
कास्की

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here