
गाेरखा जिल्लामा हालसम्म ५ हजार १५५ जनाकाे पिसिआर परीक्षणा भएकाे छ । परीक्षण भएका मध्य १८९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । कुल परीक्षाणकाे ३.६६ प्रतिशतमा काेराेना सङक्रमण देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छ ।
स्वाब सङ्कलन गरिएका मध्ये ५०५ जनाकाे नतिजा आउन बाँकि रहेकाे कार्यालयले जनाएकाे छ । जिल्लामा हालसम्म १२९ जना काेराेना जितेर घर फर्कीएका छन् । ५८ जना आइसाेलेशनमा बसेर उपचार गराइरहेका छन् । २ जनाकाे काेराेना सङ्क्रमणका कारण निधन भएकाे छ ।





