भूकम्पकाे केन्द्रविन्दु बारपाकसुलिकाेटमा प्राविधिक शिक्षालय स्थापना

बिहिबार, भदौ २५, २०७७
0
238

भदौ २५, गोरखा । 

२०७२ सालमा गएकाे भूकम्पकाे केन्द्रविन्दु रहेकाे वारपाक सुलिकोट गाऊँपालिका प्राविधिक शिक्षालय स्थापना भएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटिइभिटीले गाऊँपालिकासँगको सहकार्यमा साे पालिकाकाे वडा नम्वर ४ स्थित हुडिफाँट साैरपानीमा शिक्षालय स्थापना गरेको हो ।

वारपाक पोलिटेक्निक इन्ष्टिच्युटको नाममा सिटिईभिटीले आंगिक क्याम्पस स्थापना गरेको गाऊँपालिकाका प्रमुख विष्णु भट्टले बताए ।

शैक्षिक सत्र २०७७ बाट कक्षा सञ्चालन गर्ने गरि तयारी शुरु भएको पोलिटेक्निक इन्ष्टिच्युटका प्रिन्सिपल रामचन्द्र देवकोटाले बताए ।  वालि विज्ञानको ३ वर्षे  कोर्ष सञ्चालन गर्ने उनकाे भनाई छ । इन्ष्टिच्युटमा पशु विज्ञानको पनि ३ वर्षे डिप्लोमा कोर्स चलाउने लक्ष्य रहेको पालिकाले जनाएकाे छ ।

वारपाक सुलिकोट गाऊँकार्यपालिकाको बैठकले पनि पशु विज्ञानको समेत पढाई सञ्चालन गर्न पहल गरेकाे छ । शिक्षालय स्थापनाका लागि एकसय रोपनी जग्गा चाहिने भएपनि गाऊँपालिकाले अहिले करीव १० रोपनी जग्गा उपलब्ध गराएको छ ।

एक शैक्षिक  सत्रका लागि ४० जनाको कोटा उक्त प्राविधिक शिक्षाालय तत्काल  हुँडीफाँटस्थित मूलदेवी आधारभूत विद्यालयमा सैद्धान्तिक कक्षा र हिमालय मावि सौरपानीमा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने गरि सञ्चालन  भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here