घ्याम्पेसाल – ताकुकाेट सडक खण्ड स्त्तराेन्नतिकाे काम अघि बढ्याे

शुक्रबार, भदौ २६, २०७७
0
269

भदाै २६ गाेरखा ।

जिल्लाकाे घ्याम्पेसाल – ताकुकाेट सडक खण्ड स्त्तराेन्नतिकाे काम अघि बढेकाे छ । विरुवा वाइवा एण्ड लामा कन्स्ट्रकसन र गण्डकी प्रदेश स्थित भाैतिक विकास तथा पुर्वाधार मन्त्रालयवीच करिव २९ कराेड लागतमा ठेक्का सम्झाैता भएकाे थियाे ।

कन्स्ट्रकस्सनले भदाै २३ गतेदेखि जाेइन्ट सर्भेकाे काम गरिरहेकाे छ । घ्याम्पेसाल देखि ताकुकाेट सम्म सर्भेकाे काम सक्न १५ दिन लाग्छ, सर्भेमा स‌ँलग्न सिभिल तर्फका प्रमुख प्रशिक्षक चन्द्रलाल गुरुङले बताए । BES इन्जिनियरीङ कन्सल्टेन्सीले जाेइन्ट सर्भेकाे काम गरिररहेकाे छ । जाेइन्ट सर्भे सकिएसँगै  काम अघि बढ्ने भाेतिक विकास तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेशले जनाएकाे छ ।

सात मिटर चाैडा सडकमा अस्फाट क्वालिटिकाे कालेपत्रे हुने मन्त्रालयका कर्मचारी राम पराजुलीले बताए । गण्डकी प्रदेश सरकारकाे जिल्ला सदरमुकाम देखि पालिका केन्द्रसम्म पक्कि बाटाेले जाेड्ने याेजना अनुसार उक्त सडक खण्डमा काम भइरहेकाे हाे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here