ढल्क्याे जवानी र नि ,रहर उस्तै छ
प्राप्ति लागि गरियाे,कहर उस्तै छ।
पाइला पिच्छे घाउ कति हुन्छन् कति
मलम लगाईयाे , चहर उस्तै छ ।
ढाडस दिदा नि पाेलिरहन्छ चाहा
नयन रुझाउँने , पहर उस्तै छ ।
बलेका आगाेमा घिउ थप्छ दुनियाँ
घाउमा नुन्चुक् छर्ने , शहर उस्तै छ।
गरि खाने मुहान , हुदै गयाे सुक्खा
त्यसमाथि काेराेना , जहर उस्तै छ।
शर्मिला श्रेष्ठ
ललितपुर ,हाल अमेरिका






