शर्मिला श्रेष्ठको मन छुने गजल

बिहिबार, असाेज १, २०७७
0
192

ढल्क्याे जवानी र नि ,रहर उस्तै छ
प्राप्ति लागि गरियाे,कहर उस्तै छ।

पाइला पिच्छे घाउ कति हुन्छन् कति
मलम लगाईयाे , चहर उस्तै छ ।

ढाडस दिदा नि पाेलिरहन्छ चाहा
नयन रुझाउँने , पहर उस्तै छ ।

बलेका आगाेमा घिउ थप्छ दुनियाँ
घाउमा नुन्चुक् छर्ने , शहर उस्तै छ।

गरि खाने मुहान , हुदै गयाे सुक्खा
त्यसमाथि काेराेना , जहर उस्तै छ।

शर्मिला श्रेष्ठ
ललितपुर ,हाल अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here