काठमाडाैं- निर्देशक सोम कुस्कुमाझीद्वारा निर्देशित कोरोना भाइरस बारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजानिक भएको छ । कोरोना महामारीबिच उक्त चलचित्र निफा टिभी युटुव च्यानलबाट सार्वजानिक गरिएको हो ।
सकुन्तला माझिको कथा रहेको उक्त चलचित्रमा रुपेश माझी प्रोडक्सन म्यानेजर, राजा राम खड्का र कुमार माझी निर्माता छन् भने सञ्चारकर्मी कमल फुयाँल कार्यकारी निर्माता रहेका छन् । यमन माझीको कन्सेप्ट र आवाज रहेको उक्त चलचित्रको ब्याकराउण्ड स्कोर कर्साङ लामा, अर्जुन खड्काले सम्पादन गरेका हुन ।
चलचित्रमा अर्जुन खड्का, सन्ध्या खड्का, अजय खड्का, खुशी श्रेष्ठ, विवेक खड्का, अर्जुन श्रेष्ठ, हिरो राई, सुनिल नापित, अनुस्का थापा नापित, टिका घिमिरे, लक्ष्मण श्रेष्ठ, विष्णुहरि रिमाल, आयुश सुनार, जयन खड्का, कुमार न्यौपाने, कृष्णकुमारी खड्का, सिम्रन राई, सविना तामाङ, अस्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ ।






